श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि जापानिज राजदूत किकुता युताकाबीच बुधबार मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटवार्ताका क्रममा दुई पक्षीय श्रम सम्बन्धका विविध आयामका बारेमा छलफल भयो।
छलफलमा श्रममन्त्री अर्यालले वर्तमान अवस्थामा नेपाली युवाको लागि वैदेशिक रोजगारी बाध्यता भएको बताए।
जापान नेपाली श्रमिकको लागि आकर्षण र सुरक्षित गन्तव्यको रूपमा धेरै नेपालीहरूको चासो रहेको पनि बताए।
त्यसैले विगतमा नेपाल र जापानबीच श्रमिक लैजाने सम्बन्धमा भएका सम्झौताहरूको कार्यान्वयनका लागि कार्यविधि बनाउने काम भइ रहेको मन्त्री अर्यालले बताए।
त्यस्तै, नेपाली श्रमिक नठगिने गरी न्यूनतम सेवा शुल्कमा डिजिटल प्रविधिको प्रयोगसमेत गरी जापानी दूतावाससँगको समन्वयमा छिटो छरितो माध्यमबाट नेपाली श्रमिकहरू जापान पठाउने चाहेको उनले बताए
जापानी राजदूतले श्रममन्त्रीलाई भने– युवालाई देशभित्रै रोजगारी दिँदा आर्थिक विकासमा टेवा पुग्छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















