बरोडा विरुद्ध नेपालको लगातार दोस्रो जित

बरोडा विरुद्ध नेपालको दोस्रो जित

भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज(मंगलबार) बरोडा क्रिकेट एसोसिएसनको टिमसँग सानदार जित हासिल गरेको छ । टर जितेर बरोडाले पहिले बलिङ गरेको थियो। पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनायो जबाफी ब्याटिङमा बरोडाले
२० ओभरमा १० औ विकेट गुमाउदै १२९ रन बनायो। नेपालले २७ रनले जित हासिल गरेको छ।
खेल भारतको गुजरातमा नेपाली समय अनुसार दिउँसो पौने ३ मा सुरु हुनेछ ।

बरोडाको टोलीमा रन्जी ट्रफी, विजयहजारे ट्रफी लगायतका भारतका चर्चित घरेलु खेलमा सहभागी खेलाडी रहेका छन् ।

बरोडा, गुजरात र नेपाल सम्मिलित फ्रेन्डसिप कपका लागि नेपाल भारतको गुजरातमा रहेको छ । पहिलो खेलमा आइतबार नेपालको गुजरात क्रिकेट एसोसिएसनको टोलीलाई पराजित गरेको थियो ।

नेपालले तेस्रो खेलमा बुधबार गुजरात क्रिकेट एसोसिएसनसँग खेल्नेछ । शुक्रबार बरोडासँग खेल्दै नेपाल कपको समूह चरणका खेल सकाउने छ । समूह चरणमा शीर्ष दुईमा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ । चैत २५ मा कपको फाइनल खेल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?