पाणिनि गाउपालीका वडा नं. ०६, उर्लेनी निवासी भोजराज पौडलकी श्रीमती स्वर पुर्णकला पौडेलको सम्झनामा उहाहरुको परिवारले ३ रोपनि जग्गा वडा कार्यलयलाई दान गरेको थियो ।
दान गरेको जग्गा अनुरूप वडा कार्यलयले ३ रोपनि जग्गा पास गरेको छ ।
उक्त जग्गामा सभा हल बनाउने वडा कार्यलयले निर्णय गरेको छ
जग्गाधनिले दिएको जग्गा र वडा कार्यलयले पास गरेको जग्गा पाणिनि गाउँपालीकाका अमिन बिस्णु गौतम को टिम नाप्न जादा बताइएको ठाउँभन्दा फरक क्षेत्रमा लालपुर्जाको नक्सा देखीएको जानकारी दिइएका छन् ।
स्थानीयका अनुसार पास गरेको लालपुर्जामा देखीएको क्षेत्र पानि बग्ने खोल्सो बार्सिक पहिरो झरिहने र भिरालो भएका कारण उक्त क्षेत्रमा सरकारी संरचना बन्दा संरचना, दिगो र टिकाउ नहुने त्यसले गर्दा उपभोक्ता हरुलाई नै गाह्रो हुने स्थानीयको ठम्याई रहेको स्थानीय जानकारी गराएका छन ।
वडा अध्यक्ष कृष्ण प्रसाद पौडेलका अनुसार “हो भनिएको क्षेत्र भन्दा अलिकति फरक ठाउँमा जग्गा पास भएको छ। यो समस्या चाहि छोराहरुको नाममा रहेको जग्गा रहेछ वडा कार्यलयलाई दिने भनिएको जग्गा कान्छा छोराको नाममा रहेको र उहाँ चाहि अहिले नेपालमा नहुदा यो समस्या सृजुना भएको हो ‘अबको केहि दिनमै उहा- नेपाल आउने, र त्यो जग्गा वडा कार्यलयलाई जति आवश्यक पर्छ कुनै पनि विवाद उत्पन्न हुने अवस्था सृजना नगराई सहज ढङ्गले उहाले काम गरिदिने विश्वास दिलाउनु भएको छ त्यसअनुसार हामी काम गरिरहेका छौ । अध्यक्ष पौडेलले आम स्थानीय जनता सर्वसाधारणमा बुझाइमा अलि कमजोरी भएको छ त्यो सबै आम स्थानिय जनतालाई बुझाएर हामि अगाडि बढ्छौ ।
जहा बनाउने भनिएको छ त्यहि संरचना बन्छ ढुक्क हुनुस त्यहि अनुसार हामि अगाडी बढिरहेका छौ -अध्यक्ष पौडेलले जानकारी दिइएका छन्।
















