आईपीएलमा : बैंग्लुरुमाथि चेन्नईको छ विकेटको जित, आज दुई खेल हुँदै

टी-२० फ्रेन्चाइज इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता चेन्नई सुपर किंग्सले विजयी शुरूवात गरेको छ।

रोयल च्यालेन्जर्स बैंग्लुरुमाथि ६ विकेटको जित निनकाल्दै चेन्नईले विजयी शुरूवात गरेको हो।

बैंग्लुरुले दिएको १७४ रनको लक्ष्य चेन्नईले १८ दशमलव ४ बलमा मात्र चार विकेट गुमाएर भेटायो।

चेन्नईको जितमा रचिन रवीन्द्रले सर्वाधिक ३७ रन बनाए। अजिङ्क्य रहाणेले २७ रन बनाउँदा डेरेल मिचेलले २२ रनको योगदान दिए।  शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रन बनाए।

बैंग्लुरुका लागि क्यामरुन ग्रीनले दुई, यश दयाल र कर्ण शर्माले १/१ विकेट लिए।

टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लुरुले ६ विकेटको क्षतिमा एक सय ७३ रन बनाएको थियो। टिमका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए। ओपनर विराट कोहली २१ रनमा आउट हुँदा  रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा रोकिए।

अनुज रावतले ४८ रन बनाएर रन आउट हुँदा दिनेश कार्तिक २८ रनमा नटआउट रहे। चेन्नईका मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिए।

महेन्द्र सिंह धोनीले कप्तानी छोडेपछि चेन्नाई ऋतुराज गायवाडको कप्तानीमा मैदानमा थियो। बैंग्लोर भने फाफ डु प्लेसीको कप्तानी गर्दैछन्।

त्यस्तै, आईपीएलमा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल भिड्नेछन् । यो खेल दिउँसो नेपाली समय अनुसार ३:४५ मा शुरु हुनेछ।

दोस्रो खेलमा कोलकोत्ता नाइट राइर्डस र सनराइर्ज हैदरावादबीच प्रतिस्पर्धा हुनेछ। यो खेल ७:४५ मा शुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?