नेपालका लागि इजरायलका राजदूत हनान गोदरले मृतकका परिवारलाई इजरायली सरकारले आजीवन भत्ता दिने प्रष्ट पारे ।‘इजरायलको कानुनले इजरायली र नेपालीलाई समान व्यवहार गर्छ । इजरायली भूमिमा पाहुनाको रुपमा आउदा नेपालीहरुको मृत्यु भएको हो, इजरायलको सरकारले १० जनाको परिवार र अहिले विद्रोही हमासको कब्जामा रहेको विपिन जोशीको परिवारलाई भत्ता दिन थालिसकेको छ ।’
















