पछिल्लो २४ घण्टामा रुपन्देही, दाङ, अर्घाखाँची र नवलपरासी सहितका भेगमा भारी वर्षा

पछिल्लो २४ घण्टामा देशभर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्यमदेखि धेरै भारी वर्षा भएको हो ।
यो अवधिमा सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको स्टेशनमा मापन भएको विभागले जनाएको छ । अर्घाखाँचीमा ११४.६ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । यस्तै, समाचार तयार पार्दाम्म दाङको एक स्टेशनमा १०२.४, रुपन्देहीमा १०१.८ र नवलपरासीमा १०५.६ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ । यसलाई मौसम विज्ञानको भाषामा धेरै वर्षा भएको भनिन्न । २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुनु धेरै भारी वर्षा हुनु हो । लमजुङ, पाल्पा,गुल्मी, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाँकेमा पनि ठूलो वर्षा भएको छ । यी क्षेत्रमा ९० मिलिमिटर वर्षा मापन भएको छ । ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ । आज बिहान धादिङ, बारा, रौतहट र पाल्पामा पनि अत्यधिक वर्षा भइरहेको छ । यी क्षेत्रमा वर्षा जारी रहेको विभागले जनाएको छ । आज पनि मौसम बदली भएको छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?