सबै महिला तथा बालबालिकाको लागि अधिकार समानता र सशक्तिकरण ११५औ अन्तर्राष्ट्रिय महिला दिवस भन्ने मूल नारासहित पाणिनी गाउँपालिका को आयोजनामा प्रभात फेरी तथा घैँटो फोर कार्यक्रम सम्पन्न भएको छ पाणिनी गाउँपालिकाको केन्द्र दुर्गाफाँटमा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष उपाध्यक्ष निमित्त प्रमुख प्रशासकीय अधिकृत पूर्व गाउँपालिका अध्यक्ष उपाध्यक्ष वडा अध्यक्ष गाउँपालिकाका कर्मचारी लगायत अन्य विभिन्न संघसंस्था मिडिया बाट पाल्नुभएका व्यक्तिहरूको उपस्थिति साथै विभिन्न आमा समूह सहकारी का अध्यक्ष पदाधिकारी सदस्य साथै अन्य महिलाहरुको उपस्थिति रहेको थियो कार्यक्रममा महिलाहरूको हक अधिकार सुनिश्चितताका लागि साथै आफ्नो अधिकार प्राप्तिका लागि महिलाहरू विभिन्न क्रियाकलाप मा अग्रसर हुने र सहभागिताको क्षेत्र फराकिलो बनाएर महिलाहरूको सहभागिता लाई वृद्धि गर्ने साथै महिला लक्षित विभिन्न कार्यक्रम र सिपमूलक कार्यक्रम गर्ने साथै समय पहिले जस्तो नभएको पछिल्लो समयमा महिलाहरूको व्यापक सहभागिता र विभिन्न निकायहरूमा प्रमुख जिम्मेवारीताका साथ नेतृत्व गरिरहेको आफ्नो हक अधिकार र सहभागिता मा अझ दृढ भएर लाग्नमा महिलाहरूलाई कार्यक्रममा बोल्ने वक्ताहरूले विषयवस्तु उठान गर्नुभएको थियो।कार्यक्रमको सञ्चालन महिला विकास शाहकी कर्मचारी निर्मला चालिसेले गरेकी थिइन् भने कार्यक्रममा स्वागत मन्तव्य वडा नम्बर ५ कि वडा सदस्य पार्वता सुनारले राखेकी थिइन जसको अध्यक्षता गाउँपालिकाकी उपाध्यक्ष नर्मदा पौडेलले गर्नुभएको थियो। महिला तथा बालबालिकाको हक अधिकार सुनिश्चितता साथै लैङ्गिक विभेदको अन्त्य लगायत सन्देशमूलक विभिन्न नाराका साथमा प्रभात फेरी कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमलाई थप आकर्षक बनाउनका लागि घैँटोफोर कार्यक्रम राखिएको थियो घैँटोफोर कार्यक्रममा घैँटो फोर्ने प्रतिस्पर्धीलाई पुरस्कारको व्यवस्था गरिएको थियो चारजना प्रतिस्पर्धीले घैटो फोरेर नगद रकमद्वारा सम्मानित भएका थिए।





















