भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहकाे राजकीय सम्मानका साथ अन्त्येष्टि

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको दिल्लीको कस्मिरी गेटमा रहेको निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि सम्पन्न भएको छ ।

उहाँको अन्त्येष्टि परिवार, साथीभाइ, सहकर्मी र सरकारी विशिष्ट व्यक्तिको उपस्थितिमा भएको हो । राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले सागरमै पुगेर सिंहको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खडगे, सोनिया गान्धी, राहुल गान्धीले पनि आफ्ना पूर्व नेता र पूर्वप्रधानमन्त्रीप्रति श्रद्धाञ्जली सभा तथा अन्तिम संस्कारको कार्यक्रममा सहभागी हुनुभएको थियो ।

सिख रीतिरिवाजअनुसार सिंहको अन्त्येष्टि गरिएको हो । लामो समय भारतीय राजनीतिमा सक्रिय सिंहको विशेष गरी आर्थिक सङ्कटको समयमा स्थिर नेतृत्व र भारतको अर्थ व्यवस्थाको आधुनिकीकरणमा भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?