गएरातिदेखि देशका धेरै ठाउँमा झरी, मध्य र पश्चिमी क्षेत्रमा भोलिसम्म नै पानी पर्ने सम्भावना

देशका धेरैजसो ठाउँमा हिजोदेखि शुरू भएको झरी भोलिसम्म नै रहने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार झरी र ठूलो पानी पर्ने प्रणाली पूर्वबाट पश्चिमतर्फ सरिरहेकाले पूर्वमा केही कम पानी पर्ने सम्भावना छ । तर मध्य र पश्चिममा भने भोलि बेलुकासम्म नै पानी पर्ने सम्भावना छ । बाग्मती, गण्डकी, कर्णाली र सदूरपश्चिममा केहीबेर पानी रोकिने र परिहाल्ने क्रम भोलिसम्म नै चल्ने उहाँले बताउनुभयो । यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी र पहिरोको पनि जोखिम रहेको छ ।

कोशी र मधेश प्रदेशका केही ठाउँमा पनि आज राति ठूलो पानी पर्ने सम्भावना छ । झरी भोलिदेखि कम हुने भए पनि मनसुनको समय बाँकी नै रहेकाले बेलाबेलामा पानी पर्ने क्रम भने चलिरहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गएरातिदेखि कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत, दैलेख, म्याग्दी, बाग्लुङ, कास्की, लमजुङ, गोरखा, पाल्पा, चितवन, अर्घाखाँची, रुपन्देही, नुवाकोट, धादिङ, मकवानपुर, काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला, रुपन्देहीलगायतका ठाउँमा ठूलो पानी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?