पाणिनी गाउपालिकाको आयोजनामा ३० दिने हस्तकलाका सामाग्री उत्पादन कार्यक्रम सन्चालन
पाणिनी गाउपालिका अर्घाखाँची द्वारा आयोजित स्थानिय “ स्रोत र साधन , रोजगारी सृजनाको प्रमुख आधार´´ उदेश्य राखी ३० दिने मकैका खोस्टा बाट हस्तकला विभिन्न सामाग्री उत्पादन सम्बन्धि एबम माटाको भाडा बनाउने तालिम संचालन गरिरहेको छ। यहि जेठ २५ गते देखि तालिम सुरु भएर असार २२ गते सम्म नियमित रुपमा तालिम सन्चालन भैरहेको छ । उक्त तालिममा धेरै महिला दिदी बहिनी हरुको उत्साहजनक सहभागिता रहेको देखिएको छ। यस्ता कार्यक्रम हरु निरन्तरता दिनुपर्ने पनि सहभागिहरुको भनाइ छ। उक्त तालिम बाट गाउमै रोजगारी सृजना गर्न सकिने उदेश्य रहेको आयोजकले जनाएको छ ।।
















