झापाको दमकमा कक्षा १२ मा पढ्ने एनिका अधिकारीमाथि स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कने क्रममा गोली प्रहार भएको छ । उदयपुर घर भई दमकमा डेरा गरी बस्ने अधिकारीलाई सिराहाका अमित कुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।
स्रोत: ओमकार टाइम्स
















