जमानत जफतपछि रास्वपाको प्रतिक्रिया

काठमाडौँ । इलाम २ भएको उपनिर्वाचनमा जमानत जफत भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी केन्द्रीय समिति बैठकमा गम्भीर समीक्षा गर्ने भएको छ । मङ्गलवार बिहान सम्पन्न मतपरिणाम जमानत जफतसहित चौथो स्थानमा समेटिएपछि आगामी बैठकमा गम्भीर समीक्षा गर्ने विज्ञप्तिमार्फत जानकारी दिएको छ । साथै निर्वाचनमा दौरानमा पार्टीको प्रयासमा कैयन कमजोरी भएको पनि स्वीकारेको छ ।

पार्टीको केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौँ । निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमीकमजोरी रहेको इङ्गित गरेको छ । सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको साङ्केतिक घण्टीले हामीलाई सचेत गराएको छ’, मङ्गलवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाले नतिजा हाम्रो अनुकूल नआए पनि लोकतान्त्रिक प्रक्रियामा सहभागी भई जनताद्वारा व्यक्त मतको हामी सदैव सम्मान गर्ने उल्लेख छ ।  उसले विजयी उम्मेदवार सुहाङ नेम्बाङलाई धन्यवाद दिँदै निर्वाचन अभियानमा सहभागी सबैलाई धन्यवाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?