मानव बेचबिखन रोकथाममा प्रहरीको भूमिकाबारे बनेको फिल्म ‘अगस्त्य’लाई नेपाली प्रहरीका जवानदेखि अधिकारीसम्मले हेरेका छन् । सोमबार बेलुका यो फिल्म हेर्न तीन प्रहरी एसएसपीसहित डेढ सयभन्दा बढी प्रहरी बिग मुभिजमा पुगेका थिए ।प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनाली, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भूपेन्द्र खत्रीसहित डीएसपी, इन्सपेक्टर, प्रहरी जवानसहित काठमाडौं प्रहरीको प्रत्येक वृत्तबाट दुई-तीनजना प्रतिनिधि पनि फिल्म हेर्न हलमा पुगेका थिए ।
तीन एसएसपीसहित डेढ सय प्रहरीले हेरे फिल्म ‘अगस्त्य’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















