दुईदिने पाणिनि तपोभूमि सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न पाणिनि तपोभूमि सम्मेलनले संस्कृत भाषा र व्याकरण अध्ययनलाई आधुनिक शिक्षा प्रणालीमा समेट्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ

अर्घाखाँचीको पाणिनिमा आयोजित

बिहीबार सम्पन्न सम्मेलनले पाणिनि व्याकरण र संस्कृत भाषा प्रवर्द्धनका लागि गुरुकुल शिक्षा सञ्चालन गर्नुका साथै संस्कृत भाषा र व्याकरण अध्ययनलाई आधुनिक शिक्षा प्रणालीमा समेट्न सरकारलाई अनुरोध गर्ने जनाएको छ ।

पहिले सरकारी विद्यालयहरुमा कक्षा ४ देखि संस्कृत भाषाको पढाइ हुने गर्दथ्यो । तत्कालीन माओवादीले सशस्त्र द्वन्द्वका बेला संस्कृत भाषाको पढाइ बन्द गराएको थियो। पछि ऐच्छिक विषयका रूपमा राखिए पनि सीमित विद्यालयहरूमा मात्र पढाइ हुने गरेको थियो। संस्कृतलाई नै मूल विषय बनाएर पढाउने विद्यालयहरूले भने यसको पठनपाठन कायम राखेका थिए।

हाल त्रिभुवन विश्वविद्यालय, संस्कृत विश्वविद्यालय र केही वेदविद्याश्रमहरूमा संस्कृत पढाइ हुने गरे पनि विद्यार्थी संख्या न्यून पाइएको छ । महर्षि पाणिनिले तपसाधना गरी संसारलाई व्याकरण दिएको स्थल अर्घाखाँचीमा आयोजित सम्मेलनले भने संस्कृत भाषा र व्याकरण अध्ययनलाई आधुनिक शिक्षा प्रणालीमा समेट्नुपर्ने निर्णय गरेको छ ।

साथै राष्ट्रिय तथा अन्तरर्राष्ट्रियस्तरका संस्कृत तथा भाषा विज्ञान अनुसन्धानकर्तासँग सहकार्य गरी अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना र सञ्चालनका लागि संस्कृत विश्वविद्यालयसँग सहकार्य गर्ने घोषणापत्रमा उल्लेख छ ।

पाणिनि क्षेत्र परापूर्वकालदेखि साधना, तप र सिर्जनाको स्थल भएकाले साधना तथा तपस्थल एवं मानव कल्याणमा प्रभाव पार्नसक्ने गरी अनुसन्धान र सिर्जनाको लागि पूर्वाधारको व्यवस्था गरिने छ ।

पाणिनि तपोभूमि वरपर दुर्वासा मुनिको आश्रम, महर्षि देवदत्तकी पुत्री प्रसिद्ध रुरु कन्याको तपस्थल रुरु क्षेत्र, कालीगण्डकी नदीको सङ्गमजस्ता धार्मिक क्षेत्र रहेका छन् ।

यसै तपोभूमिको पश्चिम भागमा रावणले नाचेर शिवलाई सन्तुष्ट पारेको ठाउँ नर्तनाचल पहाड ऐतिहासिक सुपादेउराली मन्दिर र दक्षिणी भागमा रामले वाणले हानेर पहरो फोरेर पानी निकालेको वाणगङ्गा नदीजस्ता ऐतिहासिक तथा धार्मिकस्थल छन् । त्यसैले सम्मेलनको घोषणापत्रमा नर्तनाचलदेखि यस तपोभूमिसम्म पदयात्राको विकास गर्नुका साथै पर्यटकलाई भुलाउन र डुलाउन सकिने छिमेकी जिल्लाका धार्मिक सांस्कृतिक क्षेत्रलाई समेटेर पाणिनि चक्रपथको निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने पनि उल्लेख छ ।

पाणिनीय व्याकरणसम्बन्धी प्रारम्भिक ज्ञान प्रदान गर्न अर्घाखाँचीका साथै छिमेकी जिल्लासँगको समन्वयमा पाठ्यपुस्तक तयार गरिने तथा पाणिनि क्षेत्रको समग्र विकासका लागि यथाशीघ्र गुरुयोजना तयार गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सम्बन्धित न्यूज

-Advertisement-spot_img

लोकप्रिय (यो साता)

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार

छुटाउनुभयो कि ?