कपिलवस्तुमा चट्याङ लागेर दुईजनाको मृत्यु ।
चट्याङ के हो ? किन पर्छ ? प्रि–मनसुनको समयमा चट्याङ किन सक्रिए हुन्छ ? यसको फाइदा बेफाइद के छ ? जोगिने कसरी ?
बुद्धभूमि नगरपालिका १० धनकौलीका १७ वर्षे राजु ठाकुर र यशोधरा गाउँपालिका ६ भैइसहियाका २२ वर्षे महेश कलवारको मृत्यु भएको जानकारी प्राप्त भएको छ।
के हो चट्याङ ?
चट्याङ सामान्य प्राकृतिक प्रक्रिया हो । सूर्यको किरण वायुमण्डलमा ठोक्किन्छ । पृथ्वीमा विद्युतीय चार्ज उत्पादन गरिरहेको हुन्छ । त्यसलाई सन्तुलनमा राख्न पनि चट्याङ पर्छ । तर, मौसम परिवर्तनका कारण चट्याङमा पनि फेरबदल भएको छ । जसका कारण वर्षेनि चट्याङबाट मृत्यु हुनेको संख्या बढ्दो छ । घटबढ भए पनि औसतमा मृत्यु हुनेको संख्या बढिरहेकै छ
प्रि– मनसुनको समयमा सबैभन्दा धेरै चट्याङ पर्छ । यसले मानवीयसँगै भौतिक क्षति पनि गर्ने गरेको छ । २०६८ सालदेखिको तथ्यांकलाई हेर्ने हो भने वार्षिक १०६ जनाको चट्याङका कारण मृत्यु हुने गरेको छ भने झण्डै ५ सय जना घाइते हुने गरेका छन् । गत आर्थिक वर्षमा भने ८९ जनाको मृत्यु भएको छ ।
नेपालमा भूकम्पबाहेक चट्याङबाट धेरै मानवीय क्षति हुने गरेकाे तथ्यांकले देखाएकाे छ । त्यस्तै, ७ सयको हाराहारीमा जनावरहरूको पनि मृत्यु हुने गरेको छ । वनजंगलमा डढेलो लाग्नुको मुख्य कारण पनि चट्याङ नै हो । ६० प्रतिशत आगलागीकाे कारण चट्याङ नै हाे ।
चट्याङ के हो ? किन पर्छ ? प्रि–मनसुनको समयमा चट्याङ किन सक्रिए हुन्छ ? यसको फाइदा बेफाइद के छ ? जोगिने कसरी ?
के हो चट्याङ ?
चट्याङ सामान्य प्राकृतिक प्रक्रिया हो । सूर्यको किरण वायुमण्डलमा ठोक्किन्छ । पृथ्वीमा विद्युतीय चार्ज उत्पादन गरिरहेको हुन्छ । त्यसलाई सन्तुलनमा राख्न पनि चट्याङ पर्छ । तर, मौसम परिवर्तनका कारण चट्याङमा पनि फेरबदल भएको छ । जसका कारण वर्षेनि चट्याङबाट मृत्यु हुनेको संख्या बढ्दो छ । घटबढ भए पनि औसतमा मृत्यु हुनेको संख्या बढिरहेकै छ ।
प्रि–मनसुनमा चट्याङ किन धेरै पर्छ ?
प्रि–मनसुनको समयमा विद्युतीय चार्ज उत्पादन गर्ने बादल हुन्छ । सबै बादलमा त्यो क्षमता हुँदैन । र, सूर्यको तापले जमिनकाे सतहमा भएकाे पानीका कणलाई वाष्पीकरण गरेर बादल बनाउँछ । प्रि–मनसुनको बादलमा विद्युतीय चार्ज बनिरहेको हुन्छ ।
वर्षायामको बादलमा पनि हुन्छ । तर, त्यो समयमा पानी धेरै पर्छ । पानीले विद्युतीय चार्ज पानीसँगै जमिनमा झर्छ । तर, प्रि–मनसुनको समयमा पानी कम पर्छ । बादल मडारिएर उथलपुथल हुन्छ । अनि चट्याङ पर्छ । सामान्यतया चिसो मौसम र वसन्त ऋतुमा चट्याङ पर्दैन । चैतको मध्य समयदेखि असारसम्म बढी पर्छ ।
चट्याङका बेफाइदा
१. मानवीय क्षति
२. जनवारहरुको क्षति
३. विद्युतीय सामाग्रीमा क्षति
४. जंगलमा आगलागी
कसरी जोगिने ?
शहरका घरहरूमा फलाम वा धातुको प्रयोग हुन्छ । यस्ता घरमा बस्दा सुरक्षित हुन्छ । चट्याङ पर्ने समयमा सवारी साधनभित्र बस्दा पनि जोगिन सकिन्छ । तर, सबैभन्दा धेरैे असर ग्रामीण भेगमा पर्ने गरेको छ । किनभने ग्रामीण भेगका घरहरू चट्याङ प्रतिरोधात्मक छैनन् । चट्याङले बढी घरबाहिर क्षति गर्छ । त्यसैले खेतबारीमा काम गर्दा ज्यान धेरै जाने गरेको छ ।
बिहानको समयमा काम गर्ने र दिउँसो घरभित्रको काम गर्नुपर्छ । दिउँसो ३ बजेपछि चट्याङ पर्ने भएकाले यो समयमा घरको काम गर्दा उपयुक्त हुन्छ । यसका लागि जनचेतना फैलाउन आवश्यक छ ।
सस्तोमा पनि गाउँमा चट्याङ प्रतिरोधात्मक घर बनाउन सकिन्छ । यसका लागि राज्यले पहल गर्नु आवश्यक छ । घरहरूमा फ्युज, एमसीभी वा एसपीडी जडान गर्यो भने चट्याङबाट जोगिन सकिन्छ ।
चट्याङको फाइदा पनि छ
चट्याङले प्रकृतिको विद्युतीय चार्जलाई ब्यालेन्समा राख्छ । वायुमण्डलमा भएको नाइट्रोजनको अक्साइडमा थपघट गरेर बोटबिरुवामा खाना पुर्याउने काम गर्छ । ओजाेन तहको पनि निर्माण गर्छ । ओजाेन तहले सूर्यको हानिकारक विकिरणलाई रोक्ने काम गर्छ ।
















