काठमाडौंको गौशालाबाट ५० ग्राम सुनसहित एक जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जनालाई सुनसहित पक्राउ गरेको एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
पक्राउ पर्नेमा सुनसरी घर भई काठमाडौं कुमारागाल नयाँ बस्ती बस्ने ३२ वर्षीय जीवन बस्नेत छन्। उनीबाट ५० ग्राम सुन, चार वटा फोन र १ लाख ६० हजार नगद बरामद गरेको हो।
गत बिहीबार कार्यालयको टोलीले कतारबाट सुन ल्याएको भन्ने सूचना पाएको थियो।
गौशालाबाट सुनसहित एक जना पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















